प्रहरी चौकीहरुमा मतपेटिका भेटियो

काठमाण्डु टुडे २०७० मंसिर ७ गते १४:५४ मा प्रकाशित

mat petikaकाठमाण्डु, ७ मंसिर– काठमाण्डुको बानेश्वर, कोटेश्वर र बालाजुको प्रहरी चौकीमा संविधानसभाको निर्वाचनमा प्रयोग भएका खाली मतपेटिका भेटिएका छन् । निर्वाचनमा धाँधली भइरहेको चौतर्फी कुरा आइरहेको बेला प्रहरी चौकीमा मतपेटिका भेटिनुलाई रहस्यको रुपमा लिइएको छ ।

ती प्रहरी चौकीमा खाली मतपेटिकाहरु चाङ लगाएर राखिएको अवसथामा भेटिएको हो । एकीकृत माओवादीले मतदान केन्द्रबाट मतगणनास्थल ल्याउँदा र चुनाव भएको दिनमा मतपेटिका हेरफेर भएको भनेर पुनरावलोकलन नभए संविधानसभाबाट अलग हुने घोषणा गरिसकेको बेला यसरी खाली मतपेटिका भेटिएका हुन् ।

चौकी अगाडि विरोध प्रदर्शन

प्प्रहरीले भने निर्वाचन कार्यालय पुर्‍याउन नभ्याएका मतपेटिकाहरु चौकीमा रहेको बताएको छ । काठमाडौं निर्वाचन कार्यालयले ब्याक अपको लागि मतपेटिका चौकीमा राखेको बताएको छ । तर चौकीमा किन मतपेटिका पुग्यो भन्ने प्रश्नमा भने चौकी र आयोगले जवाफ दिन सकेको छैन । प्रहरी चौकी अगाडि एकीकृत नेकपा माओवादी, संघीय गणतान्त्रिक समाजवादी, फोरम नेपाल, तमलोपा लगायतका पार्टी कार्यकर्ताहरुले नारावाजीसहित जिरोध प्रदर्शन गरेका छन् ।

निर्वाचन आयोगकै मिलोमतोमा निर्वाचन धाँधली भएको भन्दै संघीय गणतान्त्रिक समाजवादी, फोरम नेपाल, संघीय समाजवादी लगायतका पार्टीहरुले निर्वाचनको सम्पूर्ण प्रक्रियाबाट अलग भएको घोषणा गरिसकेका छन् ।

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु प्रहरी चौकी पुगे

संविधानसभा निर्वाचनको पर्यवेक्षण गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षण संस्थाहरुका प्रतिनिधि प्रहरी चौकोको घटना सार्वजनिक भएपछि ती स्थानहरुमा पुगेका छन् ।

कार्टर सेन्टर लगायतका अन्तर्राष्टिय पर्यवेक्षकहरु त्यहाँ पुगेका हुन् । मतपेटिका राखेको चौकीभित्र पत्रकारहरु र पर्यवेक्षकहरु छिरेर निरीक्षण गरेका छन् ।

संयुक्त राष्ट्र संघ तथा अन्य पर्यवेक्षक संस्थाहरुले निर्वाचनमा धाँधली भएको प्रमाण भेटिए आफूहरुले सहयोग गर्ने र पुनः निर्वाचनको पहल गर्ने बताउँदै आएका छन् ।

प्रमाण भेटिएको भन्दै ब्याक हट्न प्रचण्डको निर्देशन

एमाओवादीका कार्यकर्ताहरुले बानेश्वर चौकी मा घेरा हालेर विरोध प्रदर्शनलाई उग्र बनाएपछि त्यहाँ एमाओवादी अध्यक्ष प्रचण्डले कार्यकतालाई ब्याक हट्न निर्देशन दिएका छन् ।

धाँधली र षडयन्त्रको प्रमाण भेटिएको भन्दै प्रचण्डले अब आफूले यस विषयलाई सम्बन्धित निकायहरुमा जोडदार उठाउने बताउँदै कार्यकतालाई कुनै पनि हिंसात्मक गतिविधि नगर्न निर्देशन दिएका हुन् । उनको निर्देशनपछि बानेश्वर चौकीको केही टाढा बसी कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

निर्वाचन अधिकृत यसो भन्छन्ः

काठमाण्डुका जिल्ला निर्वाचन अधिकृतले पत्रकार सम्मेलन गर्दै बानेश्वरमा भेटिएको खाली मतपेटिका ब्याकअपका लागि राखेको बताएका छन् । उनले भने, ‘मत धेरै खस्ला र, मतपेटिका नपुग्ला भनेर मतपेटिकक ब्याक अपमा राखेको हो ।’

तर ब्याक अपमा राखेको मतपेटिका निर्वाचन सकिएको चार दिनसम्म पनि किन चौकी मे बसेको भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् । उनले मतपेटिका निर्वाचनकै लागि प्रयोग गर्न ल्याएको दाबी गरे ।

त्यस्तै धादिङमा पनि मतपेटिकाका शिलहरु भेटिएका छन् । भेटिएका ती शिलका लागि प्रयोग गरिने सामानहरुका तस्विर तल प्रस्तुत गरिएको छ ।

सिरहामा पनि खाली मतपेटिका भेटियो

सिरहाको प्रहरी कार्यालयमा पनि खाली मतपेटिका भेटिएका छन् । मतपेटिका भेटिएपछि सर्वसाधारण प्रहरी कार्यालयमा बुझ्न जाँदा लाठी चार्ज गरेर भगाइएको छ ।

धाँधलीका प्रमाणहरु फेला पर्ने क्रममा रसुवामा मतपेटिकाका बिर्कोहरु

चौकीहरुमा रहेको मतपेटिका लुकाउन गृह मन्त्रालयको गोप्य आदेश

ग्राण्ड डिजाइनमा चुनाव भएको रहेछ: उपेन्द्र यादव

फोरम नेपाल र संघीय गणतान्त्रिकद्वारा चुनाव बहिष्कार

राजेन्द्र महतोको सद्भावना पार्टीद्वारा धाँधली भएको ठहर

mat petika1

dhading-seal-out

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us