धादिङमा संविधान लेख्न डायरी र कलम

काठमाण्डु टुडे २०७० मंसिर ७ गते १०:५४ मा प्रकाशित

dhadingधादिङ, ७ मंसिर– अर्काे संविधानसभा सदस्य निर्वाचनमा तीन वटै क्षेत्रबाट निर्वाचित सभासद्लाई समयमै संविधान लेखी जारी गर्न नेपाल पत्रकार महासङ्घ धादिङ शाखाले डायरी र कलम उपहार दिएको छ ।

एमालेका तर्फबाट क्षेत्र नं १ मा धनबहादुर घले, क्षेत्र नं २ मा गुरुप्रसाद बुर्लाकोटी र क्षेत्र नं ३ मा निर्वाचित राजेन्द्रप्रसाद पाण्डेलाई महासङ्घ धादिङ शाखाका अध्यक्ष सीतारामप्रसाद बर्माले जिल्लाका सबै पत्रकारका तर्फबाट डायरी र कलम प्रदान गर्दै जनताले लिएको विश्वासलाई साकार बनाउनका लागि समयमै संविधान लेखी जारी गर्न आग्रह गरे ।

डायरी र कलम ग्रहण गर्दै उनीहरुले पूर्ण पेस स्वतन्त्रतासहितको जनचाहनाअनुसारको संविधान एक वर्षभित्रै जनसमक्ष ल्याइने र महासङ्घको बन्न लागेको भवन निर्माणका लागि आफ्नातर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us