आफ्नो नेताले हारेपछि एमाले कार्यकर्तालाई हृदयघात

काठमाण्डु टुडे २०७० मंसिर ७ गते १०:०५ मा प्रकाशित

gulmiगुल्मी, ७ मंसिर– मतगणना गरिरहेका एमालेका एक कार्यकर्तालाई हृदयघात भएको छ । गुल्मी १ को मतगणना अन्तिम चरणमा पुगेको बेला सो क्षेत्रका एमालेका मतगणना प्रतिनिधि टीकाराम सापकोटालाई हृदयघात भएको हो ।

मतगणनाको अन्तिम समयमा काँग्रेसका कृष्णबहादुर छन्त्याल र एमालेकी मैना भण्डारीबीच प्रतिस्पर्धा भइरहेको समयमा छन्त्यालले भण्डारीलाई झिनो मत अन्तरले उछिनेपछि सापकोटा मतगणना स्थलमै बिरामी परेका थिए । उनलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत भर्खंरै काठमाण्डु लगिएको छ । उनी एमाले गुल्मी काठमाण्डु सम्पर्क मञ्चका पूर्व अध्यक्ष हुन् ।

यसअघि एकीकृत माओवादीका निर्वाचन प्रतिनिधि दानबहादुर थापाको निर्वाचनको दिन हृदयघातका कारण मृत्यु भएको थियो । ठूलो लुम्पेकको धर्मपुर उच्च मावि केन्द्रमा खटिएका एकीकृत माओवादीका जिल्ला सदस्य थापाको हृदयघातका कारण तत्कालै मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us