फोरम नेपालबाट मतगणना बहिस्कार

काठमाण्डु टुडे २०७० मंसिर ७ गते ७:०७ मा प्रकाशित

विराटनगर, ७ मंसिर–चुनावमा धाँदली भएको भन्दै मधेसी जनअधिकार फोरम नेपालले मतगणना स्थगित गर्न माग गरेको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार विहान विराटनगरमा पत्रकार सम्मेलन गर्दै मतगणना रोक्न माग गरेका हुन् । उनले मतगणना प्रक्रिया बहिस्कार गरेको घोषणा पनि गरे ।

मतगणना प्रक्रिया रोक्न माग गर्दै विराटनगरको आदर्श स्कुल अगाडि फोरम कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् । यस्तै गणना जारी राख्न माग गर्दै काँग्रेस कार्यकर्ता मैदानको अर्कोतिर नाराबाजी गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us