हिंसात्मक विरोधमा नजान कार्टरको आग्रह

काठमाण्डु टुडे २०७० मंसिर ६ गते १२:२८ मा प्रकाशित

jimi carter (2)काठमाण्डु, ६ मंसिर- अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले एकीकृत माओवादीलाई हिंसात्मक विरोधबाट टाढा रहेर निर्वाचन प्रक्रियालाई निरन्तरता दिन एमाओवादीलाई आग्रह गरेका छन् ।

संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि आएका कार्टर सेन्टरका संस्थापक उनले एक पत्रकार सम्मेलनमा संविधानसभा निर्वाचनको परिणाम स्वीकार गर्न आग्रह गरेका छन् । मतगणनाका क्रममा उत्पन्न विवाद उपयुक्त माध्यमबाट समाधान गर्न आह्वान गर्दै पूर्वअमेरिकी राष्ट्रपतिले मतपत्रको माध्यमबाट नेपाली जनताले व्यक्त गरेको अभिमतको एमाओवादीले सम्मान गर्ने विश्वास व्यक्त गरे ।

तर एमाओवादीले निर्वाचनको मतगणना वहिष्कार गरिसकेको छ र निर्वाचान निश्पक्ष रुपमा भए पनि मतपेटिका ल्याउने क्रममा र मतपेटिका निर्वाचनके दिन आएका ठाउँमा पनि मतगणना सुरु नगरी षडयन्त्र गरेको बतएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us