मध्यकालीगण्डकीलाई अनुमति

काठमाण्डु टुडे २०७० मंसिर ६ गते ११:०१ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर- सरकारले मध्यकालीगण्डकी जलविद्युत् आयोजनालाई सर्वेक्षणका लागि अनुमतिपत्र दिएको छ । विद्युत् विकास विभागका सूचना अधिकृत गोकर्णराज पन्थका अनुसार कुल २५ मेगावाट क्षमताको सो आयोजनालाई केही दिन पहिले सर्वेक्षण अनुमतिपत्र दिइएको हो ।

सो आयोजनाको निर्माणस्थल पर्वत जिल्लामा पर्छ । हाइड्रो सपोर्ट प्रालिलाई सो आयोजनाको सर्वेक्षण एक वर्षभित्रसक्ने गरी अनुमतिपत्र दिइएको हो । सरकारले हालसम्म १२९ वटा आयोजनालाई सर्वेक्षणको अनुमतिपत्र दिइसकेको छ । ती आयोजनाबाट करिब ८ हजार ८८४ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्ने ध्येयका साथ सर्वेक्षण अनुमति दिने, निर्माणको अनुमतिपत्र दिने र तत्काल उत्पादनको काम गर्न आयोजनाका प्रवद्र्धकलाई निर्देशन दिइएको सूचना अधिकृत पन्थले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us