स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन: युरोपेली टोली

काठमाण्डु टुडे २०७० मंसिर ६ गते ७:५१ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण टोलीले नेपालमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा संविधानसभा निर्वाचन सम्पन्न भएको बताएको छ ।
पर्यवेक्षक टोली प्रमुख ईभा जोलीले बिहीबार पत्रकार सम्मेलन गरी निष्पक्ष र स्वतन्त्र निर्वाचन गराएकामा निर्वाचन आयोगका अधिकारीलाई धन्यवाद दिइन् ।
उनले निर्वाचन निर्वाचन आयोगले खेलेको तटस्थ भूमिकाबाट आफू र आफ्नो टोलीका सबै सदस्य सन्तुष्ट रहेको बताइन् ।
उनले निर्वाचनबाट गठन हुने संविधानसभाले जनचाहनाअनुसारको संविधान निर्माण गर्ने विश्वास व्यक्त गरिन् । छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएकामा उनले प्रसन्नता जनाइन्  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us