संबिधान लेखनलाई पूर्णता दिने जिम्मेवारी नयाँ संबिधानसभामा

काठमाण्डु टुडे २०७० मंसिर ६ गते ७:२१ मा प्रकाशित

काठमाण्डु, ६ मङ्सिर–संयुक्त राष्ट्र सङ्घका महासचिव बान–कि मुनले शान्तिपूर्ण ढङ्गले संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गरेका छन । banki moon
निर्वाचनमा मतदाताको उत्साहपूर्वक सहभागिताले शान्तिप्रक्रियालाई अघि बढाउने उनीहरूको इच्छाशक्ति प्रस्तुत भएको महासचिवका प्रवक्ताले बिहिवार न्यूयोर्कमा जारी गरेको वक्तव्यमा उल्लेख छ । ‘शान्तिप्रक्रियामा हालसम्म हासिल भएका उपलब्धि, राष्ट्रिय संवाद प्रवद्र्धन एवम् वास्तविक मेलमिलाप/समझदारी कायम गर्दै नयाँ संविधान लेखनलाई पूर्णता दिने ऐतिहासिक जिम्मेवारी नयाँ संविधानसभामा आएको छ’ वक्तव्यमा भनिएको छ ।
सङ्क्रमणबाट शान्त, समृद्ध एवम् प्रजातान्त्रिक नेपालको भविष्य निर्माणका निम्ति राष्ट्र सङ्घले सहयोग गर्ने प्रतिबद्धता पनि वक्तव्यमा व्यक्त गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us