आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट : नेपाल र अफगानिस्तान भिड्दै

काठमाण्डु टुडे २०७० मंसिर ६ गते ४:०४ मा प्रकाशित

nepal-vs-afganistanकाठमाण्डु, ७ मंसिर–दुबईमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत शुक्रबार हुने आफ्नो छैटौं खेलमा नेपालले अफगानिस्तानको सामना गर्नेछ ।

पाँच खेल खेलेको नेपाल तीन खेलमा जित र दुई खेलमा हार बेहोर्दै समूह ‘बी’को तेस्रो स्थानमा रहेको छ । नेपालको अङ्क तालिकामा ६ अङ्क रहेको छ ।

प्रतियोगिताको समूह ‘बी’मा नेपालसहित डेनमार्क, केन्या, स्कटल्यान्ड, पपुवा न्युगिनी, नेदरल्यान्ड, बर्मुडा र अफगानिस्तान रहेका छन् ।

समूह ‘ए’मा आयरल्यान्ड, क्यानडा, युएई, नामिबिया, हङकङ, युगान्डा, संयुक्त राज्य अमेरिका र इटली छन् । समूह ‘ए’को शीर्ष स्थानमा हालसम्म आयरल्यान्ड छ भने दोस्रो स्थानमा हङकङ रेहेको छ । दुवैको समान ८ अङ्क भए पनि ‘नेट रन रेट’का आधारमा आयरल्यान्ड अग्र स्थानमा रहन सफल भएको हो । युएई ६ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ ।

कुल १६ टोली सम्मिलित प्रतियोगिताको शीर्ष ६ मा पर्ने टोलीले आगामी वर्ष बङ्गलादेशमा हुने टी–२० विश्वकपमा सहभागी हुन पाउने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us