नेपालीलाई अमेरिकाको बधाई

काठमाण्डु टुडे २०७० मंसिर ६ गते २:०४ मा प्रकाशित

whitehouseभर्जिनिया, ६ मंसिर–यहि मंसिर ५ गते नेपालमा भएको दोस्रो संबिधानसभा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको भन्दै अमेरिकाले सबै नेपालीलाई बधाई दिएको छ ।

ह्वाइट हाउसका संचार सचिवले विज्ञप्ति निकालेर यो चुनावलाई शान्ति प्रक्रियाको महत्वपूर्ण कदमको रुपमा व्याख्या गरेका छन् । विज्ञप्तिमा चुनावमार्फत् नेपालको अधुरो शान्ति प्रकृया टुंगोमा पुग्ने र नयाँ संविधान निर्माण हुने विश्वास व्यक्त गरिएको छ ।

नेपालमा संविधानसभाबाट गर्न बाँकी महत्वपूर्ण कार्य बाँकी नै रहेको भन्दै अमेरिकाले नवनिर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यभार सफलतापूर्वक सम्पन्न गर्न सक्षम हुने विश्वास लिएको छ । संयुक्त राज्य अमेरिकाले सदैव नेपालको प्रगति तथा शान्त, समुन्नत, समावेसी र प्रजातान्त्रिक मार्गलाई सहयोगको निरन्तरता दिने प्रतिबद्धता पनि जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us