अमेरिका र अफगानिस्तानबीच सुरक्षा सम्झौतामा सहमति

काठमाण्डु टुडे २०७० मंसिर ६ गते २:३५ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर–अमेरिका र अफगानिस्तानबीच सुरक्षा सम्झौतामा सहमति हुँदैछ । अमेरिकी विदेशमन्त्री जोन केरीले दुई देशबीच सुरक्षा सम्झौतामा सहमति भएको जानकारी दिएका छन् ।

सम्झौता अनुसार सन् २०१४ मा विदेशी सेना फिर्ता भएपछि पनि अमेरिकी सेनालाई अफगानिस्तान मै रहने बाटो खुल्नेछ । सो सुरक्षा सम्झौतामा विहीबार सहमती जुट्ने जनाईएको छ । अमेरिकी सेना कुनै पनि आपराधिक गतिविधिमा संलग्न भएको पाइएमा स्थानिय अदालतमा मुद्दा चलाउन अफगान सरकार सहमत भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us