मतगणना जारी, काँग्रेस अगाडि (मतगणना पछिल्लो परिणाम)

काठमाण्डु टुडे २०७० मंसिर ५ गते १६:०८ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– संविधानसभाको निर्वाचन परिणाममा अहिलेसम्म काँग्रेस अगाडि रहेको छ ।

करिब १ सय क्षेत्रको गणना भइँरहँदा काँग्रेस ४३ स्थानमा अगाडि छ । त्यस्तै एमाले पनि एमाओवादीलाई उछिन्दै ३२ स्थानमा अगाडि देखिएको छ । एमाओवादी भने १३ स्थानमा मात्र अगाडि छ ।

शीर्ष पार्टीका शीर्ष नेताहरु उठेको क्षेत्रमध्ये एमाओवादी अध्यक्ष प्रचण्ड सिरहा ५ मा अगाडि देखिएका छन । काँग्रेसका सभापति सुशील कोइराला बाँके ३ मा अगाडि छन् ।एमाले नेता माधव नेपाल काठमाण्डु २ मा अगाडि देखिएका छन् ।

त्यस्तै एमाओवादी नेता बाबुराम भट्टराई गोरखा १ मा अग्र स्थानमा छन् भने काठमाण्डुमा काँग्रेसका गगन थापा निकै अगाडि बढेका छन् । काठमाण्डु ५ मा एमालेका इश्वर पोखरेल, १ मा काँग्रेसका प्रकाशमान सिंह, ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ, ८ मा काँग्रेसका नविन्दराज जोशी अग्र स्थानमा छन् । संविधानसभा भवनमा भइरहेको मतगणना अनुसार एमाओवादी काठमाण्डुमा पछि परेको छ ।

रसुवामा भने एमाओवादीका प्रेम तामाङ अरुलाई पछि पार्दे निकै अगाडि बढेका छन् , उता तनहुँ २ मा काँग्रेसका रामचन्द्र पौडेल अग्र स्थानमा छन् । यसपटक मधेशी शक्ति पनि पछि परेका छन् । पार्टी टुक्रिँदाको घाटा एमाओवादीसँगै मधेसी दलहरुले पनि बेहोरेका छन् । उता कैलली ६ मा पनि काँग्रेसका शेरबहादुर देउवा अगाडि छ ।

शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचनको मतगणना पनि शान्तिपूर्ण रुपमा भइरहेको छ । एकाध मतगणनामा विवाद आएपनि सहमति पश्चात पुनः सञ्चालनमा आइसकेको छ ।

मतगणना पछिल्लो परिणाम 
संविधानसभा निर्वाचनमा देशका विभिन्न निर्वाचन क्षेत्रमा अहिलेसम्म सम्पन्न मतगणनामा अगाडि रहेका उम्मेदवारहरुको नाम र मत सङ्ख्या निम्नअनुसार रहेको छ ।
पर्सा
क्षेत्र नं १– नेपाली काँग्रेसका राजेद्रबहादुर अमात्यको मत–४४६
तराइ मधेश लोकतान्त्रिक पार्टीका विमल श्रीवास्तवको मत–२४०
राष्ट्रिय मधेस समाजवादी पाटीका राजेशमान सिंहको मत–१४०
क्षेत्र नं २ मधेसी जनअधिकार फोरम नेपालका प्रदीप यादवको मत–८८३
नेकपा(एमाले)का विचारीप्रसाद यादवको मत –६२७
नेपाली काँग्रेसका द्विवेदीको मत–६१६
क्षेत्र नं ३ एमालेका राजकुमार गुप्ताको मत–८७४
नेपाली काँग्रेसका अजयकुमार चौरासीयाको मत–४९९
राष्ट्रिय मधेस समाजवादीका अजय साह तेलीको मत–२५१
क्षेत्र नं ४ नेपाली काँग्रेका सुरेन्द्र चौधरीको मत–४३२
एमालेका प्रद्युम्न चौहानको मत–२२७
संघीय सद्भावना पार्टीका शिव पट्टेलको मत–११५
क्षेत्र नं ५ एमाओवादीका उर्मिला अर्यालको मत–७२१
मधेसी जनअधिकार फोरम(गणतान्त्रिक)का मदनप्रसाद चौहानको मत–६८४
नेपाली काँग्रेसका रमेश रिजालको मत–५९६
रुपन्देही
क्षेत्र नं २– एमालेका भरतकुमार पोखरेलको मत–३८९
नेपाली काँग्रेसका रामकृष्ण ताम्राकारको मत–३०१
नेपाल राष्ट्रिय जनमुक्ति पार्टीका सूर्यबहादुर सारुको मत–२२८
क्षेत्र नं ३ नेपाली काँग्रेस बालकृष्ण खाँणको मत–७६९
एमालेका घनश्याम भुषालको मत–६०६
राष्ट्रिय जनमुक्ति पार्टीका झुमबहादुर गुरुङको मत–३५९
क्षेत्र नं ४ एमालेका विष्णु पौडलेको मत–१००
नेपाली काँग्रेसका सूर्यप्रसाद प्रधानको मत–८५
एमाओवादीका डा बाबुराम भट्टराईको मत–५६
कास्की
क्षेत्र नं १ एमालेका मानबहादुर जिसीको मत– ३०१८
नेपाली काँग्रेसका यज्ञबहादुर थापाको मत–२८६९
एमाओवादीका विष्णु पौडेलको मत– १३६७
क्षेत्र नं २ एमालेका कृष्ण थापाको मत–२२५५
नेपाली काँग्रेसका शारदा पौडेलको मत–२१७०
एनेकपा(माओवादी)का बखान सिंहको मत–१०५०
क्षेत्र नं ३ एमालेका रवीन्द्र अधिकारीको मत–४४५३
नेपाली काँग्रेसका सोभियतबहादुर अधिकारीको मत–३५४०
एमाओवादीका रामजी बरालको मत– १२६६
क्षेत्र नं ४ एमालेका सीता गिरीको मत–४०००
नेपाली काँग्रेसका महादेव गुरुङको मत–३९९९
एमाओवादीका गुप्तबहादुर हमालको मत–२०७१
रौतहट
क्षत्र नं १ फोरम लोकतान्त्रिकका अजय गुप्ताको मत–१३८०
एमालेका माधव नेपालको मत–८८६
संघीय सद्भावनाका अनिल झाको मत–७२३
क्षेत्र नं. २ फोरम लोकतान्त्रिकका मोहमद मुस्ताक आलमको मत–२२४२
नेपाली काँग्रेसका अफताव आलमको मत–१०९८
एमाओवादीका किरण साहको मत–५१७
क्षेत्र नम्बर ३ एमाओवादीका प्रभु साहको मत–४८७
फोरम (नेपाल) रामकिशोर यादवको मत–४३२
नेपाली काँग्रेसका हृदयनारायण यादवको मत–१६०
क्षेत्र नं. ४ एमाओवादीका सत्यनारायण भगतको मत–४५२
रा.म.स.पाका प्रदीपशम्मेर जबराको मत– ३१६
नेपाली काँग्रसका कृष्ण यादवको मत–१७८
क्षेत्र नं.६ नेपाली काँग्रेसका देवप्रसाद तिमिल्सिनाको मत–३६७
एमालेका रामकुमार भट्टराईको मत– ३२९
एमाओवादीका देबेन्द्र पटेलको मत– १७१
धनकुटा

क्षेत्र नं. १ एमालेका टीका चेम्जोङको मत– ५२२
नेपाली काँग्रेसका अजितनारायण थापाको मत– ३७७
एमाओवादीका हेमराज भण्डारीको मत–२०९
संघीय समाजवादीका रकम चेम्जोङको मत–२०६

क्षेत्र नं. २ राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनील थापाको मत– ५८१
एमाओवादीका हरिराज खेवाको मत– ४४७
संघीय समाजवादीका राजकुमार राईको मत–२८१
एमालेका राजेन्द्र राईको मत–२६९
नेपाली काँग्रेस आनन्द सन्तोषी राईको मत–५६

पाल्पा
क्षेत्र नं १ एमालेका राधाकृष्ण कँडेलको मत–७३४
नेपाली काँग्रेसका सीता देवकोटाको मत–२३६
एमाओवादीका तेजबहादुर सिन्जालीको मत–१६६
क्षेत्र नं २
नेपाली काँग्रेसका बीरबहादुर रानाको मत–२०२८
एमालेका सोमप्रसाद पाण्डेको मत–२००
एमाओवादीका वसन्तकुमार शर्माको मत–५७८
क्षेत्र नं ३ एमाओवादीका नेत्र पाण्डेको मत–८४३
नेकपा(एमाले)का कुलप्रसाद नेपालको मत–७९२
नेपाली काँग्रेसका हरिप्रसाद नेपालको– ५७५
रसुवामा
क्षेत्र नं १ एमालेका जनार्दन ढकालको मत–२२७८
एमाओवादीका प्रेम तमाङको मत–२१०६
नेपाली काँग्रेसका लामा कार्पु तामाको मत–१६६२
धनुषा

क्षेत्र नं १ एमाओवादीका रामचन्द्र झाको मत–२९८
नेपाली काँग्रेसका दिनेश प्रसैलाको मत–२८८
स्वातन्त्र उम्मेदवार सर्पन यादवको मत–२८५

क्षेत्र नं २ एमालेका भोला साहको मत–४१०
काँग्रेसका रामकृष्ण यादवको मत–३६३
एमाओवादीका रामचन्द्र मण्डलको मत–१८९

क्षेत्र नं ४ नेपाली काँग्रेसका रामसरोज यादवको मत–५१०
सद्भावना पार्टी सञ्जयकुमार साहको मत–४८१
फोरम लोकतान्त्रिकका कृष्णचन्द्र साहको मत–२३५

क्षेत्र नं ७ एमालेकासत्रुघन महतोको मत–३५४
काँग्रेसका बासुलाल महतोको मत–२६८
राप्रपा नेपालका मिनबहादुर थिङको मत–१२७
धादिङमा
क्षेत्र नं. १ सबै मतपेटिका आइ नपुगेकाले मतगणना सुरु हुन सकेको छैन ।
क्षेत्र नं २ एमालेका गुरुप्रसाद बुर्लाकोटीको मत–२१९६
नेपाली काँग्रेसका रामनाथ अधिकारीको मत–११८४
एमाओवादीकी कल्पना धमलाको मत– ४५४
क्षेत्र नं. ३ एमालेका राजेन्द्रप्रसाद पाण्डेको मत–३९४८
एमाओवादीका शालिकराम जम्मकट्टेलको मत–२०७९
नेपाली काँग्रेसका बुद्धलक्ष्मी लामाको मत–११२९
सिन्धुपाल्चोक

क्षेत्र नं १ नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतको मत–९४९
एमालेका अरुण नेपालको मत –५३०
एमाओवादीका सरला सहयात्री पौडेलको मत–२९४
क्षेत्र नं २ एमाओवादीका अग्नीप्रसाद सापकोटाको मत–४०२
एमालेका सुवास कर्माचार्यको मत–३००
नेपाली काँग्रेसका विकास लामाको मत–८६
क्षेत्र नं ३ एमालेका शेरबहादुर तामाङको मत–५९८
राप्रपाका पशुपति शम्सेर राणाको मत–२११
नेपाली काँग्रेसका तारानाथ दाहालको मत–१६२

सिन्धुली

क्षेत्र नं १ एमाओवादीका लेखनाथ दाहालको मत–५०९
एमालेका गणेश पहाडीको मत–४७०
नेपाली काँग्रेसका बिपिन कोइरालाको मत–३२५
क्षेत्र २ नेपाली काँग्रेसका मोहन बरालको मत–२०७४
एमाओवादीका गङ्गानारायण श्रेष्ठको मत–१८९८
एमालेका उमा कोइरालाको मत–१८८९

क्षेत्र नं ३ एमाओवादीका हरिबोल गजुरेलको मत ५०७
एमालेका सूर्यकमलजङ्ग राईको मत–४१७
नेपाली काँग्रेसका खड्गबहादुर वाइबाको मत–४०२
कञ्चनपुर,
क्षेत्र नं १ एमाओवादीका बिना मगरको मत–४१४ मत
नेपाली काँग्रेसका दिवान विष्टको मत–१७४
नेकपा(एमाले) लालबहादुर विकको मत–१५९
क्षेत्र नं २ एमालेका तारालामा तामाङको मत–१०१७
नेपाली काँग्रेसका एनपी साउदको मत– ६१५
एमाओवादी अमिन दहितको मत–३३८
क्षेत्र नं ३ नेपाली काँग्रेसका बहादुर सिँह थापाको मत–१२२४
एमालेका नरबहादुर धामीको मत–९३७
एमाओवादी टिकेन्द्र भट्टको मत–७४२
क्षेत्र नं ४ नेपाली काँग्रेसका रमेश लेखकको मत–२४७९
एमाओवादीका मोहन गिरीको मत–९३६
एमालेका उर्वादत्त पन्तको मत–७२५

झापा
क्षेत्र नं १ नेकपा (एमाले)का रविन कोइरालाको मत–३५०
नेपाली काँग्रेसका विश्वप्रकाश शर्माको मत– ३१८
एमाओवादीका बोधराज दाहालको मत–१३५
क्षेत्र नं.२ नेपाली कांग्रेसका सुशीर शिवाकोटीको मत–४२८
एमालेका पवित्रा निरौला खरेलको मत– ३१५
एमाओवादीका पूर्ण राजवंशीको मत–२९६ मत
क्षेत्र नं. ३ नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाको मत–४२८
राप्रपा नेपालका राजेन्द्र लिङ्देनको मत–२४०
एमाओवादीकी धर्मशीला चापागाईको मत–२०६
तनहुँ
क्षेत्र नं १ नेपाली काँग्रेसका शंकर भण्डारीको मत–४२३४
एमालेका रामवहादुर गुरुङकोमत– २८५५
एमाओवादीका सीता पोख्रेललेको मत–१६६८
क्षेत्र नं २ नेपाली काँग्रेसका रामचन्द्र पौडेलको मत–४०३ (मतगणना स्थगित)
एमालेका कृष्णकुमार श्रेष्ठको मत–२५९
एमाओवादीका ओमराज आलेको मत– १५३
क्षेत्र नं ३ एमालेका टुकराज सिग्देलको मत–१९०२
नेपाली काँग्रेसका जितप्रसाद आलेको मत–८५८
एमाओवादीका रमेश सिग्देलको मत–२८८
बारा
क्षेत्र नं १ फोरम गणतान्त्रिकका रामकिशोर यादवको मत–१७४७
नेपाली काँग्रेसका रामअयोद्धा यादवको मत–११९२
सद्भावना पार्टीका सरोज यादवको मत–८८९
क्षेत्र नं २ नेपाली काँग्रेसका राधेचन्द्रराय यादवको मत–९६९
फोरम नेपालका बच्चा राउतको मत–७०३
एमालेका बासुदेव यादवको मत–३५५
क्षेत्र नं ३ एमालेका विनोद साहको मत–८०२
नेपाली काँग्रेसका फरमुल्लाह मन्सुरको मत–५४४
राष्ट्रिय मधेस समाजवादीका प्रमोद गुप्ता–४५७
क्षेत्र नं ४ एमालेका नज्मा खातुनको मत–१६५४
नेपाली काँग्रेसका सुनिल गुप्ताको मत–५९९
तमलोपाका जितेन्द्र सोनलको मत–४३३
क्षेत्र नं ५ एमालेका बलबीर चौधरीको मत–२९८२
नेपाली काँग्रेसका उमाकान्त चौधरीको मत–१८८३
एमाओवादीका तपेश्वर रायको मत–७७७
क्षेत्र नं ६ एमालेका पुरुषोत्तम पौडेलको मत–१०१७
नेपाली काँग्रेसका शम्भु बुढाथोकीको मत–१०१७
एमाओवादीका क्षेत्रबहादुर श्रेष्ठको मत–५१६
सिरहा
क्षेत्र नं ४ एमाओवादीका रामकुमार यादवको मत–२४२
नेपाली काँग्रेसका रामचन्द्र यादवको मत–१६२
फोरम लोकतान्त्रिकका शत्रुधन प्रसाद सिंहको मत–१५५
क्षेत्र नं ५ एमाओवादीका पुष्पकमल दाहालको मत–८५४
एमालेका लिलानाथ श्रेष्ठको मत–८४
नेपाली काँग्रेसकी रामपरीदेवी यादवको मत–२
बाँके
क्षेत्र नं १ एमालेका देवराज भारको मत–११३७
नेपाली काँग्रेसका नारायण सिग्देलको मत–१०१७
एमाओवादीका महेश्वर गहतराजको मत–४९९
क्षेत्र नं २ मधेशी जनअधिकार फोरम नेपालका मोहम्मद इस्तियाक राईको मत–१३७०
एमालेका दिनेशचन्द्र यादवको मत–१३४०
नेपाली काँग्रेसका राजकुमार बर्माको मत–१२१०
क्षेत्र नं ३ नेपाली काँग्रेसका सुशील कोइरालाको मत–८६०,
राप्रपा नेपालका धवलशम्शेर राणाको मत–६२६
एमाओवादीका दामोदर आचार्यको मत–४३९
क्षेत्र नं ४ एमालेका दलबहादुर सुनारको मत–११५७,
नेपाली काँग्रेसका कृष्णमान श्रेष्ठको मत–६६६
एमाओवादीकी पूर्णकुमारी सुवेदीको मत–५८१

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us