तुलसीपुरमा २६ जना हतियार सहित पक्राउ

काठमाण्डु टुडे २०७० मंसिर ५ गते ५:३५ मा प्रकाशित

घोराही, ५ मंसिर–दाङको तुलसीपुरमा २६ जना हतियार सहित पक्राउ परेका छन् । तुलसीपुरको वेष्टन प्यालेस होटलमा प्रहरीले बुधबार विहान छापा पारेर २६ जनालाई हतियार सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट खुकुरी, तरवार र खुडालगायत हतियार बरामद भएको छ ।

उनीहरुबारे थप अनुसन्धान शुरु गरिएको दाङका प्रहरी प्रमुख शरदकुमार खत्रीले जानकारी दिए । पक्राउ परेका सबैलाई घोराही ल्याएर हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाइने खत्रीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us