
काठमाण्डु ५ मंसिर–दक्षिणी छिमेकी भारतले नेपालको दोस्रो संबिधानसभा निर्वाचनको परिणामले राजनीतिक स्थायित्व,शान्ति र जनताको समृद्धिमा योगदान पुग्ने बिश्वास व्यक्त गरेको छ ।
भारतीय बिदेश मन्त्रालयले जारी गरेको प्रेस बिज्ञप्तिमा संबिधानसभा निर्वाचन नेपालको लोकतान्त्रिक व्यवस्था र समृद्ध भबिश्य तर्फ अघि बढन महत्वपूर्ण हुने आशा पनि व्यक्त गरिएको छ । निर्वाचनको परिणामले नेपाली जनताको इच्छा र आकाँक्षा पूरा गर्न सक्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।