सिल गरिएका सीमावर्ती नाका सञ्चालन

काठमाण्डु टुडे २०७० मंसिर ५ गते ४:२३ मा प्रकाशित

मोरङ, ५ मंसिर–दोस्रो संविधानसभा निर्वाचनको मतदान कार्यलाई शान्तिपूर्ण बनाउन सोमबार साँझदेखि सिल गरिएका नेपाल–भारत सीमा क्षेत्रका नाकाहरु बुधबार बिहानदेखि सञ्चालन भएका छन् । नेपालको मोरङ र भारतको विहार राज्यको अररिया जिल्लामा पर्ने २० स्थानका नाका बिहान ७ बजेबाट सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नाका खुलेपछि बिहानैदेखि नेपाल–भारत दुवै तर्फका यात्रु र  मालवाहक सवारीसाधन पनि सहज रुपले आवतजावत गर्न थालेका छन् । निर्वाचनलाई शान्तिपूर्ण बनाउन दुवै देशका उच्च सुरक्षा अधिकारीको बैठकले मंसिर २ देखि ५ गतेसम्म सीमा नाकाहरु सिल गरेको थियो ।

यसैगरी पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार पूर्वका ६ जिल्लाका सिल गरिएका ५९ नाका आजबाटै सञ्चालन भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us