पासाङ–गगन,माधव–लिलामणिको मतगणना सुरु

काठमाण्डु टुडे २०७० मंसिर ५ गते ४:३५ मा प्रकाशित

काठमाण्डु ५ मंसिर–निकै चासोका साथ प्रतिक्षा गरिएको काठमाण्डु–२ र ४ को मतगणना शुरु भएको छ ।
एमालेका बरिण्ठ नेता माधवकुमार नेपाल र एकीकृत माओवादीका नेता लिलामणि पोखरेल वीचको प्रतिस्पर्धाका कारण काठमाण्डु–२ को नजितामा चासो देखिएको हो भने एकीकृत माओवादीका नेता तथा जनमुक्ति सेनाका पूर्व कमाण्डर नन्द किशोर पुन पासाङ र काँग्रेसका युवा नेता गगन थापाका कारण काठमाण्डु–४ को नतिजा राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायको वीचमा चासो बनेको हो ।

Pasang-Gagn-Final
दुवै क्षेत्रमा दुवै थरी उम्मेदवारले आफूले जित्ने दावी गरेका छन । अघिल्लो संबिधासनभा निर्वाचनमा एकीकृत माओवादीका नेता तथा रोल्पाका पूर्व जिविस सभापति झक्कु सुवेदीले पराजित गराएका एमाले नेता नेपाल प्रधानमन्त्री भएका थिए ।

अघिल्लो संबिधानसभा निर्वाचनमा बिजयी काँग्रेस नेतृ सुप्रभा घिमिरे बिजयी भएको काठमाण्डु–४ मा यसपटक उनले स्वतन्त्र उम्मेदवारी दिएकी छिन ।

अघिल्लो संबिधानसभा निर्वाचमा काठमाण्डुका १० वटा क्षेत्र मध्ये ६ वटामा काँग्रेस बिजयी भएको थियो भने चार वटा क्षेत्रमा एकीकृत माओवादीले बिजय हासिल गरेको थियो ।

रौतहट क्षेत्रनम्बर १ मा मत गणना शुरु भएको छ । जुद्ध उच्च माविमा कडा सुरक्षाकाबीच प्रत्यक्ष तर्फको मतगणना भैरहेको छ ।Madhav-Nepal

सो क्षेत्रमा एमाले नेता माधव कुमार नेपाल, एमाओवादीका राजकिशोर यादव, काँग्रेसका सन्तलाल शाह, मधेसी जनअधिकार फोरम नेपालका बबन सिंहलगायतले उम्मेदवारी दिएका छन् ।

यस्तो छ विगत

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका बबन सिंह यसपाली फोरम नेपालबाट चुनाव लडेका छन् । सिंहले ९ हजार २ सय १ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सदभावनाका अजय गुप्ताले ६ हजार ५ सय ८८ मत पाएका थिए । एमालेका रेमन्त झा चौथो स्थानमा रहेको सो क्षेत्रमा यसपाली एमाले बरिष्ठ नेता माधव नेपाल चुनावी मैदानमा छन् ।

रौतहटमा ६ वटा निर्वाचन क्षेत्र छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us