म्याग्दीमा मतपेटीका ल्याउन सुरु

काठमाण्डु टुडे २०७० मंसिर ५ गते ३:०४ मा प्रकाशित

म्याग्दी, ५ मंसिर– मतदान प्रक्रिया सकिए लगत्तै म्याग्दी सदरमुकाम आसपासका मतदान केन्द्रबाट मतपेटिका ल्याउन सुरु भएको छ । सिङ्गा, पुलाचौर, रत्नेचौर, पिप्ले लगायतका ठाउँबाट मतपेटिका आइसकेको छ भने बाँकी ठाउँबाट पनि मतपेटिका ल्याउने काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दोस्रो संविधानसभा निर्वाचनमा म्याग्दीमा करिब ७० प्रतिशत मत खसेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रबाट ७० प्रतिशतभन्दा बढी मत खसेको जानकारी आएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिए । व्यवस्थित सुरक्षाको कारण मतदाताहरुले भयरहित वातावरणमा निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गरेको पौडेलको भनाइ छ ।

जिल्लामा सामान्य घटनाबाहेक सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्याग्दीमा ५६ हजार ५ सय ५३ जना मतदाता रहेका छन् भने यो चुनावमा १३ दलीय र दुई स्वतन्त्र गरी १५ उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us