
जाजरकोट, ५ मंसिर – जाजरकोटको ३० गाउँ विकास समितिमध्ये तीन गाविसको मतपेटिका मात्र सदरमुकाममा ल्याइएको छ । दुर्गम, भौगोलिक विकटता, सबै गाविस यातायातको पहँुचमा नहुनु लगायतका कारण २७ गाविसबाट मतपेटिका आउन बाँकी रहेको हो ।
सदरमुकामसँग जोडिएको खलङ्गा, जगतिपुर र पुन्मा गाविसबाट मात्र मतपेटिका आएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी गणेशविक्रम शाहीले जानकारी दिए । दुर्गम र विकट ठाउँका मतपेटिका सम्भव भएसम्म हेलिकोप्टरबाट बुधबार बेलुकासम्म ल्याइने र यदि त्यसो नभए पैदलमार्गबाट विहीबारसम्म ल्याइने शाहीले बताए । जाजरकोटमा ७६ प्रतिशत मत खसेको छ ।