पोर्चुगल, फ्रान्स र घाना विश्वकपका लागि छानिए

काठमाण्डु टुडे २०७० मंसिर ५ गते २:५९ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर–पोर्चुगल, फ्रान्स र घाना सन् २०१४ मा ब्राजिलमा हुने विश्वकप फुटबलका लागि छानिएका छन् । गएराति भएको आ–आफ्नो खेल जित्दै उनीहरु विश्वकपमा स्थान पक्का गर्न सफल भएका हुन् ।

गएराति भएको प्लेअफ खेलमा स्विडेनलाई ३–२ गोल अन्तरले पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छानिएको हो । पोर्चुगलका लागि तीनवटै गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए । यस्तै स्विडेनका लागि दुवैगोल इब्राहिमोविचले गरेका हुन् ।

फ्रान्सले युक्रेनलाई ३–० गोल अन्तरले पराजित गर्दै विश्वकपमा पुगेको हो । फ्रान्सले युक्रेनलाई समग्रमा ३–२ ले पराजित गरेको छ । यस्तै घानाले इजिप्टलाई खेलमा २–१ गोल अन्तरले पराजित गर्दै विश्वकपका लागि छानिएको छ । उसले इजिप्टलाई समग्रमा ७–३ गोल अन्तरले पराजित गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us