भारत–चीन सीमामा सेना थपिने

काठमाण्डु टुडे २०७० मंसिर ५ गते २:२१ मा प्रकाशित

China & Indiaकाठमाण्डु, ५ मंसिर–भारत सरकारले चीनसँग जोडिएको सीमा क्षेत्रमा सेनाको संख्या बढाउन अन्तिम स्वीकृति दिएको छ । यसअघि भारतीय सेनाले सैनिक संख्या थप्न सरकारसँग अनुमति दिएको थियो ।

सरकारको स्वीकृति अनुसार थप भारतीय सेना चीन र भारतको सीमा क्षेत्र पश्चिम बंगालमा तैनाथ हुनेछन् । त्यस क्षेत्रमा ५० हजार सैनिक थपिने छन् । त्यसकालागि ६५ करोड रुपैयाँ खर्च लाग्ने भारतीय सन्चार माध्यमले जनाएका छन् । पछिल्लो समय दुई देशको सीमा क्षेत्रमा आपराधिक गतिबिधि बढेपछि दुबै देशले सीमा सुरक्षा मजबुत पारेका छन् ।

यी दुई देशबीच सीमा सुरक्षाको विषयलाई लिएर लामो समयदेखिको तनाव हुदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us