विश्वकप टी–२० छनोट क्रिकेट : नेपाल र नेदरल्याण्ड्स खेल्दै

काठमाण्डु टुडे २०७० मंसिर ५ गते २:१२ मा प्रकाशित

icc-world-twenty20-qualifier-2013-uaeकाठमाण्डु, ५ मंसिर–युएइमा जारी विश्वकप ट्वान्टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा बुधबार नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । यो खेल जितेमा नेपालको विश्वकप खेल्ने संभावना बलियो हुनेछ ।

नेदरल्याण्ड्स समुहको शीर्ष स्थानमा नेपाल दोस्रो स्थानमा छन् । त्यसैले यो खेललाई निकै महत्वका साथ हेरिएको छ ।

यसअघि मंगलबार भएको खेलमा नेपालले पपुवान्युगीनीलाई ७ विकेटले हराएको थियो । प्रतियोगितामा नेपालको यो तेस्रो जीत हो । मंगलबार खेलमा पपुवान्युगिनीले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य नेपालले १० बल अगावै ३ विकेटको क्षतिमा पूरा गरेको थियो ।

विनोद भण्डारीले २३ बलमा ६ छक्का र १ चौका प्रहार गर्दै अविजित ५१ रन योगदान गरेका थिए । यसअघि कप्तान पारस खड्काले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट झारेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us