निर्वाचन निश्पक्ष भएको पर्यवेक्षण संस्थाको प्रतिक्रिया

काठमाण्डु टुडे २०७० मंसिर ४ गते १६:०५ मा प्रकाशित

Voting in Gorkha 2काठमाण्डु, ४ मंसिर– सम्पन्न संविधानसभाका निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र तथा निश्पक्ष भएको विभिन्न निकाय तथ संस्थाहरुबाट प्रतिक्रिया आउन थालेको छ । निर्वाचन पर्यवेक्षणमा संलग्न भएका संघ–संस्था तथा पर्यवेक्षकहरुले पनि निर्वाचन निश्पक्ष भएको बतएका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका प्रमुख तथा पूर्व निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचन स्वतन्त्र र निश्पक्ष रुपमा सम्पन्न भएको बताएका छन् । विध्वंशात्मक घटनाहरु एकाध रुपमा भए पनि त्यसलाई नगण्य रहेको निर्वाचनपटि उनले प्रतिक्रिया दिए ।

उनले भने, ‘मतदाता नामावलीमा वाञ्छनीय सुधार भएकाले पनि यसपटक निर्वाचनमा शुद्धता आएको हो । यसमा मतदाता शिक्षाको पनि राम्रो प्रभाव परेको छ ।’ मतदाता सचेतना बढेको कारणले जनता आफै जागरुक भएका कारण पनि कसैले निर्वाचनमा धाँधली गर्न नसकेको उनको भनाइ छ ।

फोटोसहितको नामावलीका कारण मतदाताबाट हुनसक्ने बेथितीलाई राकेको र आफ्नो मतलाई सुरक्षित गर्न सहज भएको समितिका प्रमुख श्रेष्ठले बताए । उनले थपे, ‘निर्वाचन आगोगको काम निर्वाचन गराउनु मात्र होइन। निश्पक्ष निर्वाचन गराउनु हो । त्यो भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us