नेपालको शिर उँचो भयोः रेग्मी

काठमाण्डु टुडे २०७० मंसिर ४ गते १५:१३ मा प्रकाशित

Khilraj regmi sambidhanकाठमाण्डु, ४ मंसिर-मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले सफलतापूर्वक संविधानसभा निर्वाचन सम्पन्न भएकामा विश्वसामु नेपालको शिर उँचो भएको बताएका छन् । उनुभएको छ ।

उनले देशमा उत्पन्न विशेष परिस्थितिमा देशको भविष्य निर्धारण गर्ने यस्तो ऐतिहासिक महत्वको निर्वाचनमा अत्यधिक सहभागिताका साथ मतदान गर्ने बुद्धिमत्तापूर्ण कार्य गरेकोबाट विश्वसामु हामी सबै नेपालीहरुको शिर उँचो भएको बताएका हुन् । मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले मंगलबार साँझ शुभकामना सन्देश दिँदै नेपालीहहरुको सुखद भविष्यको सुरुवात हुने विश्वास व्यक्त गरेका छन् ।

‘लोकतान्त्रिक व्यवहार र राष्ट्रको अग्रगामी रुपान्तरणप्रति जिम्मेवारीबोध गर्दै आफ्नो लागि आफैँ संविधान निर्माण गर्ने उत्कट चाहना व्यक्त गरी नेपाली जनताले आज गरेको मतदान कार्यक्रममा शान्तिपूर्ण र उत्साहजनक सहभागिता भएको  छ’, अध्यक्ष रेग्मीको सन्देशमा भनिएको छ ।

मुलुकको  विशेष परिस्थितिमा सम्पन्न गर्नुपरेको संविधानसभा निर्वाचनका क्रममा केही नगण्य समूहबाट भएको बहिष्कार, चुनौती, फैलाउन खोजेको भय र त्रासको अवस्थालाई कत्ति पनि पर्वाह नगरी निर्वाचनलाई अवरोध पुर्‍याउन भएका प्रयत्नलाई आम मतदाताहरुले स्वःस्फूर्तरुपमा अवज्ञा गरेको रेग्मीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us