
लमजुङ, ४ मंसिर– लमजुङ क्षेत्र नं. १ का काँग्रेस उम्मेदवार टकराज गुरुङले एक बुथ प्रमुखलाई ज्यान मार्ने धम्की दिएका छन् ।
लमजुङ धमिलीकुवास्थित मतदान केन्द्रकामतदान अधिकृत हरिप्रसाद डवाडीलाई बुथमै गएर धम्की दिएका थिए । सोमबार पनि काँग्रेस उम्मेदवार गुरुङले मतदान अधिकृतलाई धम्की दिएको लमजुङबाट पत्रकार सन्तोष पौडेलले जानकारी दिए ।
मंगलबार मतदान कार्य भइरहेको बेला १०, १२ जनाको युवाहरु साथै लगेर काँग्रेस उम्मेदवार गुरुङले ‘तँलाई परिवार, सन्तानसँगै सिध्याइदिन्छु, हिजो कुरा सम्झेको छस् होला नि ? भनेर धम्की दिएको बुथ प्रमुख डवाडीलाई उदृत गर्दै पत्रकार पौडेलले बताए ।
उम्मेदवारको धम्कीपछि डवाडीले निर्वाचन सुरक्षामा खटेका सुरक्षा टोलीलाई जानकारी गराएका थिए ।