
काठमाण्डु, ४ मंसिर– काठमाण्डु क्षेत्र नं ४ का काँग्रेस उम्मेदवार गगन थापाले मतदान केन्द्रमा गुण्डागर्दीमा कुख्याती कमाएका डनहरु परिचालन गरेको खुलेको छ । उनले आफ्नो पक्षमा मत पार्नका लागि मतदाताकाबीचमा डनहरुको उपस्थिति गराएका हुन् ।
स्वच्छ राजनीतिको कुरा गरिरहने गगन थापाले देशकै ठूलो मतदान केन्द्र काठमाण्डु–४ को कपनस्थित बालउद्धार माविस्थित मतदान केन्द्र डनका रुपमा चिनिने कुख्यात गुण्डा कुमार घैंटेलाई परिचालन गरेका छन् । मतदान स्थालमा मतदाताहरुलाई डर, त्रास फैलाएर मतदानमा प्रभाव पार्न उनले डनहरु परिचालन गरेको मतदाताहरुले आरोप लगाएका छन् ।
आयपरेको समयमा बुथमा शक्ति प्रदर्शन गर्न पनि गगनले डनका साहारा लिइरहेको समाचार केही दिनअघि पनि आएको थियो । त्यस्तै उनले मोन अवधिको समय सोमबार इमेल र एसएमएसबाट भोट मागेर निर्वाचन आचासंहिताको उल्लंघन पनि गरेका थिए ।
गगनले डन लिएर मतदान केन्द्रमा आएको भन्ने खबर पाउनासाथ एकीकृत माओवादीका उम्मेदवार नन्दकिशोर पुन, पासाङ तत्काल सो मतदान केन्द्र पुगेका छन् । काँग्रेस उम्मेदवार भने सोही मतदान केन्द्रमा घैंटेका साथ नै बसिरहेका छन् ।