काँग्रेसद्वारा बुथ क्याप्चरको प्रयास, प्रहरीद्वारा हवाई फायर

काठमाण्डु टुडे २०७० मंसिर ४ गते १०:५१ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, ४ मंसिर– संविधानसभाको निर्वाचनको क्रममा देशका केही जिल्लाका मतदान केन्द्रहरुमा काँग्रेस कार्यकर्ताले बुथ क्याप्चर गर्ने असफल प्रयास गरेका छन् । काँग्रेसले बुथ क्याप्चर गर्ने प्रसास विफल बनाउन प्रहरीले हवाइ फायर समेत गरेको छ ।

रौतहटको क्षेत्र नं ५ को टनकपुर मावि र पर्वतको शंखपोखरी माविस्थित मतदान केन्द्रमा काँग्रेसले बुथ क्याप्चरको प्रयास गरेको हो । काँग्रेस कार्यकताहरुले होहल्ला गर्दै बुथमा छिरेर मतको बाकस कब्जा गर्न दोज्दा दुवै स्थानमा प्रहरीले हवाई फायर गरेको छ ।

हवाइ फायरपछि बुथ क्यापचरको प्रयास गर्नेहरु तितरबितर भएको र पुनः मतदान सुरु भएको पर्वत र रौतहटबाट जानकारी आएको छ । अहिले सो स्थानहरुमा थप सुरक्षाकर्मीहरु तेनाथ गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us