संविधान बनेरै छाड्छः ओली

काठमाण्डु टुडे २०७० मंसिर ४ गते १०:३० मा प्रकाशित

KP-Oliभक्तपुर, ४ मंसिर । नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले यस निर्वाचनबाट गठन हुने संविधानसभाले संविधान बनाउने विश्वास व्यक्त गरेका छन् ।

अघिल्लो संविधानसभाले संविधान बनाउन नसकेको पीडादायक अनुभव आफूहरुसँग भएको भन्दै अब बन्ने संविधानसभाले संविधान बनाएरै छाड्ने ओलीले बताएका हुन् । भक्तपुरको बालकोट गाविसस्थित महेन्द्र शान्तिमाध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेर फर्कने क्रममा उनले सञ्चारकर्मीसँग बोल्दै निर्वाचन सफलताको बाटोमा रहेको उल्लेख गरेका हुन् ।

संविधानसभा निर्वाचनमा झापाबाट उम्मेदवारी दिएका ओलीले मंगलबार झापाबाट भक्तपुरस्थित बालकोट आएर पत्नी राधिकासहित दिउँसो मतदान गरेका हुन् । ओली दम्पत्ति मतदानका लागि बालकोटस्थित घरबाट पैदल नै हिँडेर मतदानस्थलसम्म पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us