भोट हालेपछि मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर ४ गते १०:२३ मा प्रकाशित

वीरगन्ज, ४ मंसिर– मतदानका क्रममा पर्सा क्षेत्र नं १ वीरगन्ज उपमहानगरपालिका श्रीपुरस्थित नेसनल ट्रेडिङ लिमिटेड मतदान केन्द्रमा मतदान गरिसकेपछि एक वृद्धको मंगलबार मृत्यु भएको छ ।

बिहान करिब ८ बजे मतदान गरेर बाहिर आएपछि अचानक बेहोस भएर लडेका ७३ वर्षीय गौरीशङ्कर मानन्धरको उपचारका क्रममा नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दोलखा– जिरी उच्च मावि जिरी मतदान केन्द्रमा मतदान गरी फर्कने क्रममा जिरी गाविस–८ की एक महिलाको मृत्यु भएको छ । क्षेत्र नं १ को सो केन्द्रमा मतदान गरेलगत्तै ६७ वर्षीया डोल्मा जिरेलको बेहोस भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us