होहल्लापछि गोली चल्दा ३ घाइते

काठमाण्डु टुडे २०७० मंसिर ४ गते १०:१५ मा प्रकाशित

पर्वत, ४ मंसिर- ठूलीपोखरी गाविसस्थित जनता सुदर्शन उच्च मावि मतदान केन्द्रमा तीन राउन्ड हवाई फायर भएको छ । प्रहरीका अनुसार तीन राउन्ड हवाई फायर भएको हो ।

मतदान भइरहेका केही राजनीतिक कार्यकर्ताले होहल्ला गर्न थालेपछि हवाई फायर भएको हो । सो क्रममा भएको भागदौडमा तीन जना घाइते भएका छन् । घाइते हुनेमा वडा नंं ८ का प्रेम लामिछाने, रवण लामिछाने र होमनाथ भन्ने व्यक्ति घाइते भएका छन् । घाइते तीनै जनाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनालाई नियन्त्रणमा लिनका लागि सदरमुकामबाट थप दुई टोली सुरक्षाकर्मी घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ । झडपका कारण उक्त केन्द्रमा केही समय मतदान अवरुद्ध भएको थियो । पर्वतका अन्य मतदान केन्द्रमा सामान्य झडप भए पनि कुनै अप्रिय घटना नभएको र सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया सुचारु भइरहेको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us