भारतमा उत्पादनमा सुधार

काठमाण्डु टुडे २०७० मंसिर ४ गते ९:०८ मा प्रकाशित

नयाँ दिल्ली, ४ मंसिर । आर्थिक तथा औद्योगिक उत्पादनका क्षेत्रमा मन्दी व्यहोरिरहेको भारतमा सेप्टेम्बर महिनामा औद्योगिक उत्पादनमा वृद्धि भएको छ । भारतको आर्थिक अवस्थासम्बन्धी हालै सार्वजनिक गरिएको एक तथ्याङ्कमा गत सेप्टेम्बर महिनामा दुई प्रतिशतले औद्योगिक उत्पादनमा वृद्धि भएको जनाइएको छ ।

विगत केही महिना देखिको अवधिमा औद्योगिक गतिविधिहरूमा सुस्ततापछि पनि हाल औद्योगिक उत्पादनका क्षेत्रमा सुधारको सङ्केत देखिएको भारतीय अधिकारीहरुले जनाएका छन् । तर यस अवधिमा खुद्रा बजारको मूल्य स्थिति भने चिन्ताजनक बनेको पनि अधिकारीहरुको भनाई छ । सात महिनापछि खुद्रा मुद्रास्फीति पुनः दुई अङ्कमा पुगेको हालै सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति सन् २०१३ अक्टोबर महिनामा बढेर १० दशमलव ०९ प्रतिशत भएको पनि सो तथ्याङ्कमा देखाइएको छ । यसबीचमा प्याज, गोलभेडा र आलुसहित फलफूलको मूल्यमा उच्च वृद्धि भएको छ । नकारी पनि अफगानिस्तानको गृह मन्त्रालयले दिएको छ । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us