मतदाताले दिए संबिधान बनाउने उत्साह र उमङग

काठमाण्डु टुडे २०७० मंसिर ४ गते ८:२१ मा प्रकाशित

काठमाण्डु, ४ मङ्सिर–संविधानसभा सदस्य निर्वाचन २०७० का लागि बिहान ७ बजेदेखि नै देशभरका सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।
निर्वाचनका लागि १८ हजार ४५७ मतदान केन्द्र छन् । मतदानस्थलमा शान्तिसुरक्षाको स्थिति सुदृढ रहेको छ भने मतदाता उत्साहका साथ लाइनमा लागिरहेका, महिला र पुरुषको छुट्टाछुटै लाइन व्यवस्था गरिएको, वृद्ध, गर्भवती , अशक्त, सुत्केरी र अपाङ्गता भएकालाई प्राथमिकताका साथ मतदानमा सहभागी गराइएको निर्वाचन आयोगले जनाएको छ ।Voting in Gorkha 2
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मतदानका लागि देशैभरि उत्साहपूर्ण सहभागिता र शान्तिपूर्ण वातावरण रहेको उल्लेख गर्दै मतदान केन्द्रमा आएका र आउ“दै गरेका सबै मतदानलाई बधाई र शुभकामना दिएका छन । “तपाईंहरुको उत्साह र उमङ्गले संविधानसभा बन्दैछ र यसले नया“ संविधान बनाउ“छ,” उनले भने‘‘ऐतिहासिक निर्वाचनमा तपाईंहरुको उपस्थितिले हामीलाई उत्साहित बनाएको छ ।” प्रमुख आयुक्त उप्रेतीले मतदानस्थलमा पुग्न बा“की मतदातालाई सबै काम छाडेर मतदानका लागि जान आग्रह गरेका छन । ‘‘यो मौका फेरि कहिल्यै आउ“दैन, आज मात्र हो,” उनले भने “तपार्इंहरुलाई बधाई र शुभकामना छ ।” उनले मतदातालाई निर्भयताका साथ ढुक्क भएर मतदान गर्न आह्वान गर्दै निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुने बताए ।
प्रमुख आयुक्त उप्रेतीले काठमाण्डु क्षेत्र नं १ को सहकारी प्रशिक्षण केन्द्र, बानेश्वर मतदान केन्द्रबाट बिहान ७ः०० बजे मतदान गरेका छन । उक्त मतदान केन्द्रमा उप्रेतीले पहिलो मतदाताका रुपमा मतदान गरेका थिए । निर्वाचन आयुक्तले पनि काठमाण्डुका छुट्टाछुट्टै मतदान केन्द्रबाट मतदान गरेका छन । निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले काठमाण्डु–५ को धूम्रबाराहीस्थित युनिभर्सल उच्च माविबाट बिहान ७ः०० बजे मतदान गरेका थिए । त्यस क्षेत्रका पाँच मतदान केन्द्रको अनुगमन गरेपछि आयुक्त गुरुङले ती केन्द्रमा अत्यन्त शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको बताए ।
निर्वाचन आयुक्त रामभक्त पिभी ठाकुरले काठमाण्डु–१ को डिल्लीबजार कन्या मावि केन्द्रबाट बिहान ७ बजे मतदान गरेका छन । आयुक्त डा अयोधिप्रसाद यादवले काठमाण्डु–५ को राहदानी विभाग, नाराणहिटी (ग) मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेका थिए । निर्वाचन आयुक्त इला शर्माले काठमाण्डु–१ को थापाथलीस्थित प्रसूतिकेन्द्र मतदान केन्द्रमा मतदान गरेकी थिइन । आयोगका सचिव नरेन्द्र दाहालले पनि राहदानी विभाग, नारायणहिटी (ग) मतदान केन्द्रबाट मतदान गरेका छन ।
जुम्ला कारागार शाखा अस्थायी मतदान केन्द्रमा रहेका १९ जना मतदाताले बिहान ८ बजेसम्ममा नै मतदान सम्पन्न गरेका छन् भने सोलुखुम्बु जिल्लाको सल्लेरी, मुस्ताङ कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा पनि मतदान सम्पन्न भएको छ । उक्त केन्द्रको मतदाता नामावलीमा रहेका १४ जना सबैले मतदान गरेका हुन् ।Vote in Gorkha
डोल्पा जिल्लाको लाहा गाविसस्थित पृथ्वीनारायण प्रावि मतदान केन्द्रमा पनि मतदान सम्पन्न भएको छ । एकसठ्ठी मतदाता रहेको उक्त केन्द्रका सबैले मतदान गरेको आयोगले जनाएको छ ।  देशका विभिन्न जिल्लाबाट मतदान केन्द्रमा बिहानैदेखि ज्येष्ठ नागरिक, महिला र शारीरिक अपाङ्ता भएका मतादाताको पनि उल्लेख्य सहभागिता रहेको आयोगले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us