संबिधान लेख्न दोस्रो संबिधानसभाको निर्वाचन

काठमाण्डु टुडे २०७० मंसिर ४ गते १२:०० मा प्रकाशित

‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए,बन्दैन मुलुक दुइ चार सपुत मरेर नगए’कवि भूपि शेरचनको यो कवितालई चरितार्थ गर्दै नयाँ नेपाल निर्माणका लागि मंगलबार दोस्रो पटक नेपालमा संबिधानसभाको निर्वाचन हुँदैछ । एक बर्ष भित्र संबिधान लेख्ने राजनीतिक प्रतिबद्धतासहित हुन लागेको संबिधानसभा समृद्ध नयाँ नेपाल निर्माणको योजना निर्माण गर्ने प्रतिनिधि निर्वाचित गराउन पनि हुन लागेको हो । Nepali-Leaders
नेकपा माओवादी नेतृत्वमा सञ्चालित १० बर्षे जनयुद्ध र तत्कालीन सात दल र माओवादी अगुगाईमा भएको १९ दिने जनआन्दोलनमा बलिदान गर्न योद्धाहरु तयार भएका कारण ०६४ सालमा भएको संबिधानसभाले दुई सय ४० बर्षको राजतन्त्र खारेज गरी गणतन्त्र प्राप्त भएको थियो भने त्यो गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समानुपातिक र समावेशीका मुद्दालाई संस्थागत गर्ने गरी नयाँ संबिधान निर्माण गर्न मंगलबार दोस्रो संबिधानसभाको निर्वाचन हुँदैछ ।
दोस्रो संबिधानसभा निर्वाचनमा २ सय ४० सिटका लागि ६ हजार १ सय २८ उम्मेदवार प्रत्यक्ष तर्फको चुनावी मैदानमा छन् । ५ हजार ४ सय ६० पुरुष,  ६ सय ६७ महिला,  एक हजार स्वतन्त्र र एक तेस्रो लिङ्गि चुनावी मैदानमा छन् । समानुपातिक तर्फ १० हजार ७ सय ९ जनामध्ये महिला ५ हजार २ सय ९१ जना  छन् । प्रत्यक्ष र समानुपातिक दुबै तर्फ गरी  ३५ दशमलव ३९ प्रतिशत महिला उम्मेदवार छन् । उम्मेदवारको संख्या अघिल्लो संविधानसभामा चुनावको भन्दा २ हजार ७ सय ७० जना बढी छ । समानुपातिकमा १ सय २२ दलले बन्द सूची बुझाएका छन् भने प्रत्यक्ष तर्फ १ सय २१ दल चुनावी प्रतिष्प्रर्धामा छन् ।
चुनावका लागि १० हजार १३ मतदान स्थल र १८ हजार ४ सय ५७ मतदान केन्द्र निर्धरण गरिएको  छ । ४ लाख ५५ हजार सुरक्षाकर्मी र २ लाख ४० हजार कर्मचारी चुनावमा खटिएका छन् । ४१ जिल्लाका ८० मतदान केन्द्रमा महिला कर्मचारीहरू मात्र छन् । राष्ट्रिय र अन्तराष्टिय गरी झण्डै ३५ हजारले पर्यवेक्षण गर्न परिचय पत्र पाएका छन् । दोस्रो संबिधानसभा निर्वाचनका लागि एक करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता छन् । त्यसमध्ये ५९ लाख ८० हजार ८ सय ८१ पुरुष र ६१ लाख ६६ हजार ८ सय २९ महिला तथा १ सय ५५ तेस्रो लिङ्गि छन् ।
झण्डै ६५ प्रतिशत मत खसेको अघिल्लो संविधानसभामा झण्डै ६ प्रतिशत मत बदर भएको थियो । तर ५ प्रतिशत भन्दा बढी मत बदर भएका स्थानहरुमा आयोगले विशेष अभियान सञ्चालन गरेकाले धेरै मत बदर नहुने निर्वाचन आयोगको अपेक्षा छ । नेकपा–माओवादी नेतृत्वको मोर्चाको बन्द र विरोधका बावजुत पनि यसपटकको चुनाव २०६४ सालको भन्दा शान्तिपूर्ण देखिएको छ । २०६४ सालमा २६ जनाको ज्यान गएको थियो, ९ सय अंगभंग भएका थिए भने ६० जना अपहरणमा परेका थिए । तर यसपटक बम लागेर एक जनाको ज्यान गए पनि ठूलो क्षति भएको छैन ।
संसारमा एक जुगमा एक दिन एक पटक आउने संविधानसभा चुनाव दुर्भाग्यबस नेपालमा दुई पटक हुँदैछ । २०६४ साल चैत्र २८ गते भएको संविधानसभाले संविधान जारी गर्न नसकेपछि दोस्रो पटक संबिधानसभाको निर्वाचन हुन लागेको हो । शासकिय स्वरुप र राज्यपुनर्संरचनासँग सम्बन्धित विषयमा दलहरु बीच सहमति हुन नसक्दा चार वर्षपछि गत जेठ १४ गते संविधानसभा विघटन भएको थियो ।Sindhuli
तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गत मंसिर ७ गतेका लागि संविधानसभाको अर्को चुनावको मिति घोषणा गरे तर दलहरु बीच त्यसमा पनि एक मत हुन सकेन । अर्को सरकार गठनमा दलहरुबीच सहमति नजुटेपछि लामो छलफल र बहसपछि प्रधानन्यायधिश खिलराज रेग्मीको अध्यक्षतामा चर्को असहमतिका बावजुत गत चैत्र १ गते गैरराजनीतिक  सरकार गठन भयो । नेकपा माओवादी र उसको नेतृत्वमा रहेको ३३ दलीय मोर्चाले यसको विरोध गरिरहयो र गरिरहेकै छ । तर त्यसका बावजुट पनि मंसिर ४ गते मंगलबार निक्कै उत्साहका साथ दोस्रो संविधानसभाको चुनाव हुँदैछ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भोट हाल्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

मतदान गर्दा ध्यान दिनुपर्ने कुराहरु
मतदान गर्न जानुभन्दा पहिले कहाँ भोट दिने भनेर होइन कसरी भोट दिने भनेर आप्mना साथीभाई परिवारसँग सल्लाह गरिन्छ । मतदान बिहान ७ बजेदेखि शुरु हुन्छ । समयमै मतदान केन्द्रमा जानु पर्छ । घरमा पालो मिलाउनु पर्ने भए पालो मिलाउनु पर्छ । मतदान केन्द्रमा पुगेपछि लाइनमा बस्नु पर्छ । महिला र पुरुषको छुट्टाछुट्टै लाइन हुन्छ । त्यस्तै बृद्धबृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरीहरुका लागि छुट्टै प्राथमिकता हुन्छ,उनीहरु लाइनमा बसिरहनु पर्दैन ।
मतदान गर्न जाँदा आफ्नो परिचय पत्र लिएर जानु पर्छ । कारणवस परिचय पत्र पाइएन, विग्रियो, हरायो, फाट्यो र नष्ट भयो भने नागरिकता, लाइसेन्स, पासपोर्ट, अथवा अरु कुनै परिचय पत्र साथमा लिएर जानु पर्छ । परिचय पत्र केही पनि पाइएन भने पनि जान चाँही जानु पर्छ । अलिकति खोज्नलाई समय लाग्छ । तर मतदाता नामावलीमा नाम भएको व्यक्तिले कुनै प्रमाण विना पनि भोट हाल्न पाउँछ । मतदाता नामावली संकलन गर्दा खेरी पनि केही नामावलीहरु संकलन गरिएको छ । जस्तो २०६४ सालको नामावलीमा नाम भएका तर नागरिकता लिन नसकेका, नलिएका व्यक्तिहरुको पनि नाम भएका कारणले फोटो सहितको मतदाता नामावलीमा नाम भएपछि कुनै पनि प्रमाणपत्र भएन भने पनि भोट हाल्न पाइन्छ ।
त्यसपछि मतदाता लाइनमा बसेर परिचय पत्र रुजु गराएर हल्का मतपत्र लिने, गोप्य ठाउँमा जाने, गोप्य ठाउँमा कसैले हेर्ने, चेकजाँच गर्ने, गोप्यता भंग गर्ने काम हुँदैन । त्यो निर्वाचन आयोगलाई पनि थाहा हुँदैन । ढुक्क भएर कोठा भित्र पर्ने गरी प्रतयक्ष तर्फ एउटा छाप लगाएर पटयाउनु पर्छ । पट्याउँदा विशेष ख्याल गर्नु पर्छ । मसि लत्पत्तिन सक्छ । जहाँ छाप लगाइयो, त्यो मतपत्रको बाहिर पट्टि वा खाली पट्टि पर्ने गरी पटाउनु पर्छ ।
ठ्याक्कै घेरा छुँदैमा बदर हुँदैन । आधिभन्दा बढी अर्को चिन्ह पट्टि परेको छ भने, नबुझिने गरी, एउटा स्वस्तिक छ भने, मतदान अधिकृतको सहि छैन भने मात्र बदर हुन्छ । त्यो भन्दा कतै नछुवाउने, बरु स्वस्तिक छाप राम्रोसँग लागेन भने दुई पटक हान्न पाइन्छ । चिन्ह छोएर चिन्है माथि हान्न पाइन्छ । यत्ति मात्र ध्यान दिइयो भने ठूलो संख्यामा बदर हुनबाट रोकिन्छ ।
मतदाता शिक्षा तथा सूचना केन्द्रका कार्यकारी निर्देशक कोमल धमलासँगको कुराकानीमा आधारित ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us