नेपालको अपराजित यात्रा टुंगियो, स्कटल्याण्डसँग ८ विकेटकाे हार

काठमाण्डु टुडे २०७० मंसिर ३ गते १२:१९ मा प्रकाशित

nepali-cricket-players-in-dubaiकाठमाण्डु, ३ मंसिर– ट्वान्टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले स्कटल्याण्डसँग ८ विकेटले हार व्यहोरेको छ । यससँगे नेपालको अपराजित यात्रा सकिएको छ ।

नेपालले स्कटल्याण्डलाई १ सय ३८ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य स्कटल्याण्डले ४ बल बाँकी छँदा २ विकेट गुमाउँदै चुमेको हो । स्कटल्याण्डको जितका लागि क्यालम म्याकलाउडले अविजित ८२ रनको योगदान दिए ।

नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३७ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुरुवाती समयमा निकै फितलो प्रदर्शन गरेको थियो । नेपालले ३५ रन बनाउन ३ विकेट गुमाउन बाध्य भए ।

नेपालको रन योगफलमा २८ रन विनोद भण्डारीले, २७ रन कप्तान पारस खड्काले योगदान गरेका थिए । त्यस्ते शरद भेषवाकरले १६ र ज्ञानेन्द्र मल्ले १४ रन हानेका थिए ।

लगातार दुई खेल जितेको नेपालले छनोटमा स्कटल्याण्डसँग आफ्नो तेस्रो खेलमा हार बेहोरेको हो ।  यस छनोटको अन्तिम ६ मा पर्ने देशले विश्वकप खेल्न पाउनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us