एमालेका खनाल र नेम्बाङले आचारसंहिता तोडे (उजुरीपत्र सहित)

काठमाण्डु टुडे २०७० मंसिर ३ गते १०:४२ मा प्रकाशित

Jhalanath-nembangइलाम, ३ मंसिर– इलाममा एमाले अध्यक्ष झलनाथ खनाल र एमाले नेता सुवासचन्द्र नेम्बाङविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी परेको छ । मौन अवधिमा प्रचार–प्रसार कार्य गरेको भन्दै काँग्रेस र एकीकृत माओवादीले जिल्ला निर्वाचन कार्यालयमा उजुरी गरेको हो ।

इलाम–१ का उम्मेदवार खनाल र इलाम–२ का उम्मेदवार नेम्बाङले सो क्षेत्रका मतदाताहरुलाई मोबाइल एसएमएसबाट सन्देश पे्रशित गरि मत मागेपछि काँग्रेस र एमाओवादीले निर्वाचन कार्यालयलाई जानकारी गराउँदै कारवाहीको माग गरेको हो ।

निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा प्रचार–प्रसार गर्न नपाउने भए पनि एमालेका खनाल र नेम्बाङले मोबाइलबाट प्रचार गरेका हुन् । काँग्रेस र एमाओवादीले आचारसंहिताको ठाडो उल्लंघन भएकोमा दुबै उम्मेदवारलाई कारवाही गर्न पत्र लेखेको छ ।

निर्वाचन कार्यालयलाई पठाएको काँग्रेसको पत्र:

NC-jhalanath khanal
निर्वाचन कार्यालयलाई पठाएको एमाओवादीको पत्र:

UCPN M-jhalanath-khanal

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us