बुथ लुट्ने प्रयास असफल

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ९:५३ मा प्रकाशित

election-boothचितवन, ३ मंसिर– कविलास गाविस कार्यालयमा रहेको मतदान केन्द्रमा निर्वाचन सामग्री लुट्ने प्रयास विफल भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड क्षेत्रमा रहेको सो मतदान केन्द्रमा रहेका निर्वाचन सामग्री लुट्ने र विस्फोट गराउने निर्वाचन विरोधीको योजना सुरक्षा निकायले थाहा पाएपछि असफल भएको हो । प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले प्रहरी संयन्त्रबाट सो योजना पत्ता लागेपछि विष्फोटका लागि तयार गरिएको सामग्री बरामद गरी योजना असफल पारेको बताए ।

सो स्थानबाट सिलिन्डर ग्यास एक थान, पाँच लिटर पेट्रोल, पाइप, सुतरी र टायर प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको पनि प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us