श्रीलङ्कामा नेपाली वादोरियो टोलीलाई पाँच स्वर्ण पदक

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ८:३३ मा प्रकाशित

काठमाण्डु, ३ मङ्सिर–श्रीलङ्काको रत्नपुरामा जारी प्रथम वादोरियो अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले स्वर्ण पदक जितेका छन् ।
चार पुरुष र एक महिला खेलाडीले गएरातिको खेलमा स्वर्ण जितेको वादोरियोका प्रमुख प्रशिक्षक एवम् नेपाल कराते महासङ्घका महासचिव हरिशरण केसीले जानकारी दिए ।
पुरुषतर्फ सिमोन खत्री, कैलाश बस्नेत, तेजबहादुर तामाङ र आकाश तामाङले नेपाललाई स्वर्ण दिलाएका हुन् । महिलामा रोएकता सिंहले स्वर्ण चुमिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us