निमोनियाबाट प्रभावित बलबालिकाको सङ्ख्या बढ्यो

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ८:०६ मा प्रकाशित

गाईघाट,३ मङ्सिर–केही दिनयता बढेको चिसोका कारण निमोनियाबाट प्रभावित भई जिल्ला अस्पताल उदयपुरमा उपचार गर्न आउने बालबालिकाको सङ्ख्या बढेको छ ।
अहिले प्रत्येक दिन २० देखि ३० भन्दा बढी निमोनिया तथा रुघाखोकीबाट प्रभावित बालबालिका जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि आउने गरेको जिल्ला अस्पताल उदयपुरका प्रमुख डा चुमनलाल दासले बताए ।
कात्तिकको अन्तिम हप्ताबाट नै प्रत्येक दिन १० देखि १५ जना बालबालिका निमोनियाबाट प्रभावित भई उपचारका लागि अस्पताल आउने गरेको भए पनि अहिले सो सङ्ख्या बढ्दै गएको जिल्ला अस्पताल उदयपुरका प्रमुख दासले बताए ।
अन्य बिरामीको तुलनामा निमोनियाबाट प्रभावित बालबालिका अस्पतालमा बढी आएको अस्पतालले बताएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us