
धनगढी, ३ मंसिर–कैलालीको नारायणपुरमा सोमबार विहान आगोमा जलेर एक महिने शिशुसहित दुईजनाको मृत्यु भएको छ । नारायणपुर गाविस १ भगवानपुरमा घरमा आगो लाग्दा १९ बर्षीया जानकी चौधरी र उनकी एक महिने छोरीको जलेर मृत्यु भएको हो । घरधनी शंकर चौधरी घाइते भएका छन् ।
सबै सुतिरहेकोबेला राति १२ बजेतिर आगलागी भएको थियो । आगलागीको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यसैबीच धादिङको बैरेनीमा सोमबार विहान जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बोलेरो जिपको ठक्करबाट मोटरसाइकल चालक चितवनका श्यामबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।