सशस्त्रका नाइकेलाई प्रहरीले सार्बजनिक गर्दै

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ४:५६ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर–भूमिगतरुपमा सशस्त्र गतिविधि सन्चालन गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चाका प्रमुख रन्जित झालाई प्रहरीले सोमबार सार्बजनिक गर्दै छ । उनलाई दुई दिनअघि प्रहरीले नेपाल भारत सीमाबाट पक्राउ गरेको थियो ।

राजन भनिने रन्जित झालाई केन्द्रीय अनुसन्धान व्यूरोले पत्रकार सम्मेलन गरी सार्बजनिक गर्न लागेको हो । प्रहरीको मोष्टवान्टेड सूचीमा रहेका झाको गिरफ्तारीलाई प्रहरीले ठूलो उपलब्धी ठानेको छ । उनीमाथि हत्या, अपहरण, चन्दा असुली, बम विष्फोट, लागु औषध तस्करी लगायतका अभियोग लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us