आगलागी हुँदा नौं घर नष्ट

काठमाण्डु टुडे २०७० मंसिर ३ गते २:५८ मा प्रकाशित

दमक, ३ मंसिर–झापाको दमक–५ स्थित दुम्सेको नयाँ बस्तीमा सोमबार विहान आगलागी हुँदा नौं घर जलेर नष्ट भएका छन् । सुकुम्बासी बस्तीमा विद्युत् सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट अन्नपात, लत्ताकपडा तथा अन्य सरसामान सबै जलेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । आगलागीबाट करिब २० लाख मूल्यबराबरका सम्पत्तिमा क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

विहान साढे १ बजेतिर धनमाया लिम्बूको घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट बबिता लिम्बू, बुद्धिमाया भुजेल, खड्गबहादुर तिम्सिना, मनिता खड्का, दीपेन्द्र तिम्सिना, गुमानध्वज सुब्बा, जसमाया मगर र मिलनकुमार दासको घर जलेका छन् । आगलागीबाट बा ३ प २७६५ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ ।

आगलागी दमक नगरपालिकाको दमकललगायत स्थानीय बासिन्दा र प्रहरी मिलेर बिहान ४ बजे निभाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us