
काठमाण्डु, ३ मंसिर– ट्वान्टी–ट्वान्टी विश्वकप छनौट क्रिकेटमा नेपाल र स्कटल्याण्ड सोमबार भिड्दैछन् । यी दुईबीचको खेल युएईको सेन्ट्रल एकेडेमीको दुईनम्बर मैदानमा अपरान्ह पौने चार बजे हुनेछ ।
यसअघिका दुबै खेल जितेको नेपाल स्कटल्याण्डविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रदैछ । नेपालले केन्या र डेनर्माकविरुद्धको खेल जितेको थियो । स्कटल्याण्ड भने बर्मुडा र स्कटल्याण्डसँग हारेको थियो ।