अखिल कोरिया प्रवासी नेपाली संघ गठन

काठमाण्डु टुडे २०७० मंसिर ३ गते १:५८ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर–वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेका नेकपा (माले) समर्थित युवाले अखिल कोरिया प्रवासी नेपाली संघ गठन गरेका छन् । आत्मनिर्भर स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै मुलुकलाई समृद्धिको मार्गमा गतिशील बनाउन मालेले लिएको नीतिलाई सफल बनाउने उद्देश्यले संघ गठन गरिएको सो पार्टीका प्रवक्ता कुमार बेलवासेले जानकारी दिए ।

राजधानी सिउलमा आयोजित युवाको एक भेलाले प्रदीप सङ्ग्रौलाको संयोजकत्वमा सात सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिका अन्य सदस्यमा गोपाल विष्ट, राकेश लामा, प्रकाश सङ्ग्रौला, मनोहर रायमाझी, मैया वान्तवा र काजी बराइली छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us