प्रहरी महानिरीक्षकले तोके ११ बुँदे प्राथमिकता

काठमाण्डु टुडे २०७० मंसिर २ गते १८:१२ मा प्रकाशित

काठमाण्डु,२ मङ्सिर–गृह मन्त्रालयका सचिव जनार्दन नेपालले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई महानिरीक्षक पदको दज्र्यानी चिह्न लगाइदिएका छन ।
गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा सचिव नेपालले महानिरीक्षक अर्याललाई दज्र्यानी चिह्न लगाइ दिएका हुन । IGP
सो समारोहलाई सम्बोधन गर्दै सचिव नेपालले संविधानसभाको निर्वाचनको सुरक्षामा अग्रपङ्तिमा रहेर काम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीबाट स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सक्षम हुने सरकारले ठूलो अपेक्षा राखेको बताए ।
सुरक्षाका दृष्टिले आम नेपालीको आशाको केन्द्रको रूपमा रहेको नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक अर्याललाई व्यावसायिक जिम्मेवारीअनुरूप सबैको संरक्षक बनेर कार्यसम्पादन गर्न सचिव नेपालले सुझाव दिए ।
नवनियुक्त महानिरीक्षक अर्यालले मुलुक संविधानसभाको निर्वाचनको महायज्ञमा होमिएकाले आम नागरिकले निर्भयतापूर्वक मताधिकार प्रयोग गर्न पाउने  नैसर्गिक हकलाई प्रत्याभूत गराउने जिम्मेवारीलाई उच्च मनोवलका साथ संगठनले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।     सबै जातजाति र भाषाभाषीको साझा कर्मथलो र नागरिक प्रशासनको सबैभन्दा संवेदनशील संस्थाका रूपमा नेपाल प्रहरीको संगठनले पहिचान स्थापित गरेकाले मानव अधिकार, विधिको शासन र नागरिक सर्वोच्चताको अवधारणाअनुरूप संविधान र ऐन कानुनको परिधिभित्र रहेर जिम्मेवारी पूरा गर्ने उनले बताए ।
सो अवसरमा महानिरीक्षक अर्यालले सेवा प्रवाहको प्रभावकारिता, सङ्गठनको सुदृढीकरण, मानव अधिकारको पूर्ण सम्मान र सम्बद्र्धनमा विशेष ध्यान पु¥याउने तथा हिरासत कक्षमा सुधार गर्ने, कानुनले निर्धारण गरेको प्रक्रियासम्मत तवरबाट अनुसन्धान गरिने, खरिद प्रक्रियालाई पारदर्शी र प्रक्रियासम्मत तुल्याउन आमूल परिवर्तन गरिनेलगायत ११ बुँदे प्राथमिकताको घोषणा गरेका छन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us