
काठमाण्डु, २ मंसिर– नाइजेरिया आगामी बर्ष ब्राजिलमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि छनोट भएको छ । अफ्रीकी मुलकबाट विश्वकपका लागि छनौट हुने नाइजेरिया पहिलो राष्ट्र हो ।
गएराती भएको छनौट खेलमा इथियोपियालाई दुई–शून्यले हराउँदै नाइजेरियाले ब्राजिलको यात्रा तय गरेको हो । नाइजेरियाको जीतमा भिक्टर मोसेस र भिक्टर ओविन्नाले एक–एक गोल गरेका थिए ।
यसैगरी आइभरीकोष्टले सेनेगलसँग बराबरी गर्दै ब्राजिलको यात्रा तय गरेको छ ।