गुडिरहेको बसमा बम प्रहार, ८ यात्रु घाइते

काठमाण्डु टुडे २०७० मंसिर १ गते १४:०१ मा प्रकाशित

kathmandu_district_mapकाठमाण्डु, १ मंसिर– काठमाण्डुको सतुंगलमा गुडिरहेको यात्रु बसरमा बम प्रहार भएको छ । काठमाण्डुबाट वीरगञ्जतर्फ जाँदै गरेको यात्रुबाहक बसमा शनिबार करिब साँझ ७ बजे पेट्रोल बम प्रहार भएको हो ।

ना ४ ख ५२०० नम्बरको बसमा बम प्रहार हुँदा ८ जना यात्रु घाइते भएका छन् । घाइते हुनेका एक बच्चा र एक महिला पनि रहेको बलम्बु प्रहरीले जनाएको छ । विष्फोटबाट २ जनाको अवस्था गम्भिर रहेको जनाएको छ । घाइतेहरुको उपचारका लागि सतुंगलकै बागेश्वरी अस्पताल लगिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us