लोकमानको घर अगाडि बम विस्फोट

काठमाण्डु टुडे २०७० मंसिर १ गते १३:०० मा प्रकाशित

Lok_Man-Singh-Karkiकाठमाण्डु, १ मंसिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको घर अगाडि बम विस्फोट भएको छ ।
कार्कीको काठमाडुको बानेश्वर हाइटस्थित निवास अगाडि बम विष्फोट भएको हो । बम विस्फोटको कसैले पनि जिम्मेवारी लिएको छैन ।

विस्फोटपछि बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । घटनास्थलमा भेटिएको पर्चामा कार्की भ्रष्टारी र प्रतिगामी भएकाले विस्फोट गराइएको उल्लेख छ । पर्चामा कुनै पनि समूहको नाम उल्लेख छैन । विष्फोटबाट कुनै मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us