सचिन तेन्दुलकरलाई सर्वोच्च भारतीय सम्मानको घोषणा

काठमाण्डु टुडे २०७० मंसिर १ गते १२:२१ मा प्रकाशित

Sachin_Tendulkarकाठमाण्डु, १ मंसिर– भारत सरकारले विश्वचर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई देशको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ले सम्मान गर्ने घोषणा गरेको छ । भारत रत्न पाउने सचिन नै पहिलो खेलाडी हुन् ।

सचिनले शनिबार आफ्नो दुई सय औं म्याच खेलेर क्रिकेट दुनियाँबाट सन्यास लिएका छन् । उनको बिदाई भव्य र सम्मानित बनाउन भारत सरकारले उनलाई भारत रत्न प्रदानको घोषणा गरेको बीबीसीले जनाएको छ ।

मुम्बईको वानखेडे मैदानमा भएको सचिनको बिदाई भाषणमा आम भारतीयको आँखामा आँशु भरिएको थियो । खेलप्रमी र सचिनका फ्यानहरुलाई भारत सरकारको यो घोषणाले खुशी ल्याइदिएको छ ।

सचिनले आफ्नो खेल जीवनमा दुई सय म्याच खेले भने उनले टेस्ट म्याचका २ सय ३९ पारीमा ५३.७८ का औसतका साथ १५ हजार ९ सय २१ रन बनाएका थिए । रेकर्डका बादशाहका रुपमा नाम लेखाएका सचिनले टेस्ट क्रिकेटमा उच्चतम स्कोर गर्दै २ सय ४८ रन लिएका थिए । उनले बंगलादेशकाविरुद्ध उनले ढाकामा ५१ शतक र ६८ अर्धशतक बनाउन सफल भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us