नेपालले केन्यालाई ६ विकेटले पाखा लगायो

काठमाण्डु टुडे २०७० मंसिर १ गते ११:५० मा प्रकाशित

nepali-cricket-players-in-dubaiकाठमाण्डु, १ मंसिर– दुबईमा जारी ट्वान्टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालकाे लगातार दोस्रो विजय भएको छ । कडा चुनौती दिएको केन्यालाई ६ विकेटले हराउँदै नेपालको अविजित यात्रा कायम भएको हो ।

पहिले ब्याटिङ गर्दै केन्याले नेपाललाई १ सय ८३ रनको चुनौती दिएको छ । सो लक्ष्य नेपाल १९.४ ओभरमा पूरा गर्दै केन्यालाई हराउन सफल भएको हो । नेपालले १ सय ८६ रन हान्न सफल भएको हो ।

जितका लागि कप्तान पारस खड्का र सुवास खकुरेलको समान ५४ रनको महत्वपूर्ण योगदान गरे । कप्तान पारसले अजिवित रही योगदान दिएका हुन् । त्यस्तै शरद भेष्वकरले अविजित २३ रन र ज्ञानेन्द्र मल्लले ३२ रनको याेगदान दिए ।

दुबईको ग्लोवल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले १ सय ८२ रन बनाएको हो । निर्धारित २० ओभरमा केन्याले ७ विकेट गुमाएर सो चुनौती पस्केको थियाे।

केन्याका लागि रकेप पटेलले १० छक्का र ५ चौका हाने भने शेम नोक्चेले १० र थामस ओडियाले ७, कोलिन्स ओवियाले ६, एलेक्सले ३ र नेहेमियाले २ रन बनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us