नेपालमा चुनाव हुन लागेकामा मुन खुसी

काठमाण्डु टुडे २०७० मंसिर १ गते १०:१७ मा प्रकाशित

काठमाण्डु, १ मंसिर – संयुक्त राष्ट्रसंघले नेपालमा दोश्रो पटक संविधानसभा निर्वाचन हुन लागेकामा खुसी व्यक्त गरेको छ ।
banki moonराष्ट्रसंघीय महासचिव वान कि मुनले नेपालमा सरकार, राजनीतिक दल तथा निर्वाचन आयोगको साझा प्रयासमा ४ मंसिरमा निर्वाचन हुन लागेकामा खुसी व्यक्त गरेका हुन् ।

राष्ट्रसंघीय मुख्यालयले जारी गरेको विज्ञप्तिमा नेपालमा चुनाव हुन लागेकामा त्यसबाट महासचिव मुन उत्साहित रहेको उल्लेख छ । नेपालको संविधानसभा निर्वाचनलाई महासचिव मुनले नजिकबाट नियालिरहेको विज्ञप्तिमा छ ।
मुनले विश्वव्यापी लोकतान्त्रिक अधिकार अनुसार हिंसामुक्त वातावरणमा मतदाताले आफ्नो अभिमत व्यक्त गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

राष्ट्रसंघलले चुनाव खुला लोकतान्त्रिक प्रतिस्पर्धाको विश्वव्यापी सिद्धान्तअनुसार शान्तिपूर्ण रुपमा सम्पन्न भएकामा मुनले राजनीतिक दल र सरकारको प्रशंसा गरेका छन् ।

विज्ञप्तिमा मुनले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न र हालसम्म प्राप्त राजनीतिक उपलब्धीको जगमा संविधान निर्माणका लागि प्रयास गर्न सबै सरोकारवालालाई अपिल गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us