बन्दमा पक्रेकालाई धमाधम सार्वजनिक मुद्दा

काठमाण्डु टुडे २०७० मंसिर १ गते ९:२७ मा प्रकाशित

चितवन, १ मंसिर– बम बनाउने सूत्रसहित फत्राउ परेकासहित बन्दका समयमा पक्राउ परेका १३ जनालाई चितवन प्रहरीले सार्वजनिक मुद्दा दायर गर्दै कारबाही सुरु गरेको छ ।

अहिलेसम्म पूर्वी चितवनको खैरहनीमा नक्कली बमसहित पक्राउ परेका एक जना र चितवनका अन्य विभिन्न स्थानमा बम बनाउने सूत्रसहित पक्राउ परेका दुई जनासहित १३ जनालाई कारबाही थालिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए । कात्तिक २७ गते विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

अघिल्लो दिन २६ गते राति यहाँ गुडिरहेको बसमा आगजनी गर्नेलाई खोजीको क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । विभिन्न आपराधिक क्रियाकलापसँगै बन्दलाई सहयोग गर्दै हिँडेको समयमा पक्राउ परेका एक व्यक्तिबाट बम बनाउने सूत्र भेटिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us